काठमाडौँ महानगरपालिका–१५ स्थित शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा सरसफाइ गर्ने क्रममा आइतबार बिहान बेवारिसे अवस्थामा हातहतियार फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी र महानगरको संयुक्त सरसफाइ टोलीले एउटा टाइप-५४ पेस्तोल, सोही पेस्तोलको ७ थान म्यागजिन र ९ एमएम बेरेटा पेस्तोलमा प्रयोग हुने ५८ राउन्ड गोली बरामद गरेको हो।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार नियन्त्रणमा लिएको थियो। यो हतियार केही समयअघि भएको 'जेनजी' आन्दोलनका क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस