Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

अर्थ संसार

शनिबार, १४ चैत्र २०८२, ०६ : ०८ मा प्रकाशित

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली कांग्रेस का नेता तथा पूर्वगृहमन्त्री रहेका लेखकलाई भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। प्रहरी स्रोतका अनुसार उनी घरमै विश्राम गरिरहेका अवस्थामा पक्राउ परेका हुन्।

पक्राउपछि उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले काठमाडौं ल्याएको जानकारी प्राप्त भएको छ।

घटनाबारे विस्तृत विवरण सार्वजनिक भइनसकेको भए पनि प्रारम्भिक रूपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बुझिएको छ। यस घटनाले राजनीतिक वृत्तमा समेत चासो उत्पन्न गरेको छ।

प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ भने थप विवरण आउने क्रम जारी रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको