Like us!
Follow us!
Connect us!
Watch us!

बल्खुबाट लागुऔषध ट्रामाडोलसहित ४ जना पक्राउ

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, ११ : १६ मा प्रकाशित

बल्खुबाट लागुऔषध ट्रामाडोलसहित ४ जना पक्राउ

राजधानीको बल्खुबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीको गोलञ्जोर घर भई बुढानीलकण्ठ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे घर भई टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भई तारकेश्वर बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय विजय आले मगर रहेका छन्। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरूको साथबाट १ हजार ६७ क्याप्सुल लागुऔषध ट्रामाडोल बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा होमराज श्रेष्ठलाई पक्राउपछि गरिएको सोधपुछबाट अन्य तीन जनाको संलग्नता खुलेको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको