Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली, किन निरन्तर घट्दैछ काराेबार रकम ?

नेप्से

मंगलबार, १९ असोज २०७८, १४ : ५८ मा प्रकाशित

सेयर बजारमा हरियाली, किन निरन्तर घट्दैछ काराेबार रकम ?

आज (मंगलबार) सेयर बजारमा हरियाली देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा व्यापारबाहेक अन्य १२ वटै उपसमूह उकालाे लागेकाे छ । 

अहिले यसरी बजार निरन्तर घटिरहँदा पनि नियामक निकायहरु केहि नबोली बसेको देख्दा कतै नियामकहरुकै मिलोमतोमा त बजार घटिरहेको छैन भन्ने प्रश्न चिन्ह खडा भएको बताउँछन् लगानीकर्ता रमेश बस्नेत । सेयर बजार भनेको त देशको अर्थतन्त्रको ऐना पनि हो तर सरकार र नियामक निकायहरु यसको विकास र विस्तारमा भन्दा पनि यसलाई दवाउनमै बढि तत्ललीन हुने गरेको उनको अनुभव छ ।

बजारको आजको वृद्धिले लगानीकर्ताहरु त्यति उत्साहित हुन सकेका छैनन् किन भने केहि अंकले नेप्से परिसूचक बढेपनि कारोबार रकम एकदमै न्यून छ जसले गर्दा पनि लगानीकर्ताहरु अझै पनि मानसिक रुपले सेयर किन्न तयार छैनन् भन्ने हो । अब जबसम्म नियामक निकायहरु नै सेयर बजार प्रति सकारात्मक बन्दैनन् तबसम्म लगानीकर्ताहरुको गुमेको मनोबल फर्कन नसक्ने तर्क गर्छन् बस्नेत ।

नेपाल स्टक एक्सचेञ्जका आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ मा पुगेकाे छ । नेप्से १.६३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.०४ अंकले बढेर ४९२.०२ मा पुगेको छ ।

कूल २२३ वटा कम्पनीकाे ५८ लाख ४२ हजार एक सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

615c1ffceaaaa.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापारबाहेक बाँकी सबै उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह ४.१६ प्रतिशत अर्थात् ८६.९८ अंकले बढेकाे छ । 

615c20032b81f.jpg

मंगलबार शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १३ कराेड ६६ लाख रूपैयाँकाे काराेबार भएकाे हाे ।

615c20088e00c.jpg

मंगलबार ३ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, हिमालयन पावर पार्टनर र समता लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

615c200f75c02.jpg

त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार एक सय ४२ रूपैयाँ १० पैसामा झरेकाे छ । संस्थाकाे हिजाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । संस्थाले घाेषणा गरेकाे लाभांशकाे नकारात्मक प्रभाव यसकाे सेयरमूल्यमा देखिएकाे हाे ।

615c2014366fe.jpg

याे पनि :
दीर्घकालीन लगानीकर्ताले के अब बजार प्रवेश गर्ने समय हो? आगामी साता सेयर बजार कता जाला ? Aswin 17 -20

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको