नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त भएका छन् । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हाे ।
उनले दिएका स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएपछि सरकारले ढुंगानालाई बर्खास्त गरेको हाे ।
भदाै १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियाे । छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए ।
ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा सरकारले उनलाई स्पष्टिकरण साेधेकाे थियाे । उनले आइतबार सरकारलाई स्पष्टीकरण बुझाएका थिए । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएपछि सरकारले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस