Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सले डाक्याे साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

अर्थ संसार

बुधबार, २० असोज २०७८, ०८ : १५ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सले डाक्याे साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे प्रथम वार्षिक साधारण सभा कार्तिक १२ गते शुक्रबार, होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा अपरान्ह  ५ बजेबाट सुरू हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ । लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, संचालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, संचालकको पारिश्रमिक, मता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुनेछन् ।

सभामा सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पनि रहेकाे छ ।

कम्पनीकाे सूचना यस प्रकारकाे छ :

615d0d24ccf1c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको