Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

अर्थ संसार

बुधबार, २० असोज २०७८, १३ : ०१ मा प्रकाशित

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

कामना सेवा विकास बैंक लिमिटेडले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी  सहज रुपमा बैंकको अनलाईन मार्फत नै  डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्नेछन् ।

अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको  छ । साथै बैंकमा खाता नभएका ग्राहकहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ "शुभलाभ लगानी बचत खाता" खोली यो सुविधा उपभोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकहरुले  प्रथम वर्ष नि: शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् ।  

देशभर फैलिएका बैंकको  १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिनेछ । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले  Social Media Banking, KS iMobile,, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको