अर्थ संसार, काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीका लागि सडक खन्ने क्रममा सावधानी अपनाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा पटक पटक समस्या आएको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार सोमबार र मङ्गलबार काठमाडौँ उपत्यका भित्रका दर्जनौ स्थानमा खानेपानीको पाइप ओच्छ्याउँदा विद्युत् आपूर्तिमा अवरोध आएको छ ।
प्राधिकरणका प्रवक्ता अधिकारीले भन्नुभयो ‘ मेलम्ची आयोजनाको काम गराइले काठमाडौको बिद्युत आपूर्तिमा(सप्लाईमा) अवरोध आएकोमा दुःख लागेको छ । न मौसम खराब छ, न प्रसारण लाईन मा कुनै समस्या न त बिद्युत उत्पादन घटेको स्थिती । तर मानबीय त्रुटिकै कारण बारबार यस्तो घटना दोहोरिनु बिडम्बना हो ।’
उहाँकाअनुसार काठमाडौको भृकुटीमन्डप फिडरमा मेलम्ची आयोजनाको कामबाट भूमिगत तारमा क्षती भएको छ । यस्तै डिल्लीबजार मालपोत नजिकै यस्तो हुँदा एल टि केबल तथा टि भि तारहरु समेत जलेका छन् ।
ती स्थानमा दमकलले आगो निभाएको र वैकल्पिक ब्यवस्थाबाट विद्युत सञ्चालनमा लयाउन हरदम प्रयास जारी रहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
यस्तै सोमबार राती दश १० बजे मीनभवन सबस्टेसनबाट निस्कने बानेश्वर फिडरमा समेत मेलम्ची खानेपानी आयोजनाका कामदारले भूमिगत काम गर्दा विद्युतको भूमिगत केबल क्षती भएको र वानेश्वर क्षेत्रमा बिद्युत आपूर्तिमा समस्या आएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
प्रवक्ता अधिकारीले विद्युत् प्रणाली रहेका स्थानमा काम गर्नु भन्दा पहिले प्राधिकरणको सम्बन्धित शाखा तथा वितरण केन्द्रमा सम्पर्क राखेर समन्वय गरेर काम गर्न मेलम्ची खानेपानी आयोजनालाई आग्रह गरेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस