Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा चमक, लघुवित्तमा किन बढ्याे लगानीकर्ताकाे आकर्षण ?

नेप्से

बुधबार, २० असोज २०७८, १५ : ०० मा प्रकाशित

सेयर बजारमा चमक, लघुवित्तमा किन बढ्याे लगानीकर्ताकाे आकर्षण ?

आज (बुधबार) सेयर बजारमा चमक देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका १३ वटै उपसमूह उकालाे लागेकाे छ । बुधबारकाे बजार हेर्दा लघुवित्त कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ ।  आज सर्वाधिक काराेबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर अधिकांश हिस्सा लघुवित्तहरूकाे अाेगटेका छन् । 

पछिल्लाे समय केही लघुवित्तहरूले आकर्षक लाभांश घाेषणा गर्न थालेपछि लघुवित्तप्रति लगानीकर्ताहरूकाे  आकर्षण बढेकाे हाे । लगानीकर्ताहरूका लागि कम्पनीले प्रदान गर्ने प्रतिफलले सधैँ महत्त्व दिने गर्दछ ।

नेपाल स्टक एक्सचेञ्जका आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.१० मा पुगेकाे छ । नेप्से २.६२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १२.७२ अंकले बढेर ५०४.७३ मा पुगेको छ ।

कूल २२७ वटा कम्पनीकाे ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

615d6f38c7609.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेकाे छ । 

615d6f3fc0a7e.jpg

बुधबार सिटिजन्स बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २३ कराेड ४ लाख रूपैयाँकाे काराेबार भएकाे हाे ।

615d6f4dd393a.jpg

बुधबार १० कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्तहरू छन् ।

615d6f567e205.jpg

त्यसैगरी, बुधबार रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

615d6f6364f6e.jpg

याे पनि :
दीर्घकालीन लगानीकर्ताले के अब बजार प्रवेश गर्ने समय हो? आगामी साता सेयर बजार कता जाला ? Aswin 17 -20

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको