Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार थप १०४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

अर्थ संसार

बुधबार, २० असोज २०७८, १६ : ५४ मा प्रकाशित

बुधबार थप १०४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर ११ हजार १६५ पीसीआर वटा परीक्षण गर्दा ८ सय ४९ जना र ४ हजार ३ सय ओटा एन्टिजेन परीक्षण गर्दा १ सय ९४ जना गरी कुल १ हजार ४३ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा १२ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार एक सय ९२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको