Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको आईपीओमा पहिलाे दिन नै पर्याे मागभन्दा धेरै आवेदन, कतिले भरे ?

अर्थ संसार

बुधबार, २० असोज २०७८, १७ : ४७ मा प्रकाशित

मध्य भोटेकोशीको आईपीओमा पहिलाे दिन नै पर्याे मागभन्दा धेरै आवेदन, कतिले भरे ?

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले  आज (असाेज २० गते, बुधबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीकाे आईपीओमा पहिलाे दिन नै मागभन्दा धेरै आवेदन परेकाे छ । 

निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटलका अनुसार बुधबार साँझसम्म ५ लाख ५२ हजार १ सय ६७ जना आवेदकहरूले ८८ लाख ९१ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि छुट्याइएकाे ८१ लाख ९० हजार भन्दा धेरै हाे ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै बिक्री नभएमा ढिलाेमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

त्यसैगरी, कम्पनीकाे निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले सम्पूर्ण लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको