Like us!
Follow us!
Connect us!
Watch us!

लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

विहीबार, २१ असोज २०७८, १२ : १६ मा प्रकाशित

लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

लोअर इर्खुवा हाइड्रोपावरले साधारण (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । इर्खुवा हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीकोतर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कविचन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पुँजी ४९ करोड रहेको छ । आईपीओ निष्कासनपश्चात यसको पुँजी ७० करोड पुग्नेछ ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको