Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

विहीबार, २१ असोज २०७८, १७ : ०२ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेकाे छ ।

उक्त सम्झाैतापत्रमा कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले बिहीबार एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको