Like us!
Follow us!
Connect us!
Watch us!

गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा विशेष छुट

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, ११ : ०२ मा प्रकाशित

गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा विशेष छुट

गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दशैँको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ ।

यही असोज २२  देखी असोज २५  गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले  ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा  फ्रि सर्भिस दिन लागेको हो । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा असाेज २५ गतेसम्म  टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्रि सर्भिसिंग हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय  गिरीले जानकारी दिए ।

उक्त अवधिभर  ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिशत छुट प्राप्त साथै बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन् ।

टीभीएसका ग्राहकले उक्त सेवा लिन  गिरी ब्रदर्स अटोपाटर्सको कार्यालय वर्कसप सानोभर्याङमा गइ सेवा लिन सक्ने निर्देशक गिरीले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको