Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको ९३औं शाखा काठमाडौँमा

अर्थ संसार

आइतबार, २४ असोज २०७८, १२ : २२ मा प्रकाशित

साधना लघुवित्तको ९३औं शाखा काठमाडौँमा

साधना लघुवित्त वित्तीय संस्थाले आफ्नाे ९३औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा हिजाे शनिबार नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका हुन् । 

नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आफ्नाे वित्तीय सेवा प्रदान गर्ने भएको छ । 

संस्थाले हाल कायम चुक्ता पूँजीको २५% बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९५% गरी जम्मा २६.३१५७८९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कार्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । 

 यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले  देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । 


   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको