Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा करेक्सन, बम्पर लाभांश घाेषणा गरेकाे महिला लघुवित्तमा लगानीकर्ताकाे आकर्षण

नेप्से

आइतबार, २४ असोज २०७८, १४ : ५८ मा प्रकाशित

नेप्सेमा करेक्सन, बम्पर लाभांश घाेषणा गरेकाे महिला लघुवित्तमा लगानीकर्ताकाे आकर्षण

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा करेक्सन देखिएकाे छ । आज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा पुगेकाे छ । नेप्से ०.६९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.९६ अंकले घटेर ४९९.७८ विन्दुमा झरेकाे छ ।

कूल २२० वटा कम्पनीकाे ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५ सय ८१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आइतबार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे १८ कराेड ९३ लाख ४९ हजार ४ सय १५ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । संस्थाले  आज मात्रै बम्पर लाभांश घाेषणा गरेकाे हुनाले यस संस्थामा लगानीकर्ताहरूकाे  आकर्षण बढेकाे हाे । 

कम्पनीको असाेज २२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

आइतबार सपाेर्ट लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

त्यसैगरी, आइतबार शिवम् सिमेन्टकाे लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । 

याे पनि :

कुन कम्पनीमा बेच्ने भन्दा किन्ने अधिक ? NHPC | NABIL| NICA | MEGA | CZBILको चार्टमा के देखियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको