Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद आजबाट खुल्याे, कति गर्ने लगानी ?

अर्थ संसार

सोमबार, २५ असोज २०७८, ०६ : २२ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद आजबाट खुल्याे, कति गर्ने लगानी ?

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आज (असोज २५ गते, साेमबार) बाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । 

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

बैंकले हकप्रद प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गरेको थियो त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र याे हकप्रद सेयर भर्न पाउनेछन् ।

त्यसैगरी, बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।लगानीकर्ताहरूले एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरू र सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि बैंककाे चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको