Like us!
Follow us!
Connect us!
Watch us!

सुमेरु, त्रिशक्ति र नासा ब्राेकरसँग नेप्सेले किन माग्याे स्पष्टिकरण ?

नेप्से

सोमबार, २५ असोज २०७८, १३ : ११ मा प्रकाशित

सुमेरु, त्रिशक्ति र नासा ब्राेकरसँग नेप्सेले किन माग्याे स्पष्टिकरण ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ वटा ब्राेकरसँग ७ दिने स्पष्टिकरण मागेकाे छ ।  नेप्सेले सुमेरु सेक्युरिटीज पब्लिक लिमिटेड, त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड र नासा सेक्युरिटीज कम्पनी लिमिटेडसँग ७ दिने स्पष्टिकरण मागेकाे हाे ।

सुमेरु सेक्युरिटीज पब्लिक लिमिटेडले ग्राहकले प्रदान गरेको गलत विवरण रुजु नगरी प्रविष्ट गरेको, त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेडले ग्राहक स्वयमले व्यक्तिगत पहिचान विवरण Online Registration बाट नेप्सेको TMS मा प्रविष्टि गरेको र सदस्य दलालको युजरबाट उक्त विवरण प्रमाणित गर्ने क्रममा दृष्टिभ्रम हुन गई अभिलेख हुन गएको व्यहोराको पत्र प्राप्त भएकाे र नासा सेक्युरिटीज कम्पनी लिमिटेडले ग्राहक पहिचान फारमबाट ग्राहक विवरण TMS मा प्रविष्ट गर्ने क्रममा सो कार्यमा संलग्न कर्मचारीबाट मानविय त्रुटि हुनगई बाजेको नाम प्रविष्ट गनुपर्ने ठाउँमा भुलबस ग्राहकको आमाको नाम तथा जन्म मिति प्रविष्ट गर्दा अन्यथा हुन गएको तथा हाल त्रुटि थाहा हुने बित्तिकै सच्चाएको व्यहोरको पत्र प्राप्त भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैले, नेप्सेले सुमेरु सेक्युरिटीजलाइ धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम (२) बमोजिम किन कारवाही नगर्ने? सो को ७ (सात कार्य दिन) भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न अनुराेध गरेकाे छ ।

त्यसैगरी, नेप्सेले त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेडलाइ धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम ७(२) बमोजिम किन कारवाही नगर्ने? सो को ७ (सात कार्य दिन) भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न अनुराेध गरेकाे छ ।

यसका साथै, नेप्सेले नासा सेक्युरिटीज कम्पनी लिमिटेडलाइ धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम ७(२) बमोजिम किन कारवाही नगर्ने? सो को ७ (सात कार्य दिन) भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न अनुराेध गरेकाे छ ।

नेप्सेकाे सूचना यस्ताे छ :

 

6163e9ad457d0.jpg 6163e9b5e65a0.jpg 6163e9ba58ee2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको