Like us!
Follow us!
Connect us!
Watch us!

वार्ता बिफलपछि चीन र भारतबीच फेरि आरोप – प्रत्यारोप

अर्थ संसार

सोमबार, २५ असोज २०७८, १४ : ०५ मा प्रकाशित

वार्ता बिफलपछि चीन र भारतबीच फेरि आरोप – प्रत्यारोप

चीन र भारतबीचको वार्ता बिना निस्कर्ष टुंगिएको छ । लद्दाखमा जारी तनाब अन्त्य गर्ने विषयमा दुई देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिस्कर्ष टुंगिएको हो । वार्ता बिफल भएसँगै दुवै देश  आरोप–प्रत्यारोपमा उत्रिएका छन् । लद्दाखलाई लिएर दुई देश पछिल्लो १७ महिनादेखि तनाबमा छन् । सिमामा दुबै देशका सेना आमने–सामने अवस्थामा छन् । 

चीनले सिमामा आफ्ना सैन्य गतिविधि तीब्र पारेको भारतीय पक्षको आरोप छ, तर, भारतीय आरोपलाई चीनले अस्वीकार गर्दै आएको छ । वार्तामा आफूले दिएको रचनात्मक सुझाबलाई चीनले बेवास्ता गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा चीनले कुनै राम्रो प्रस्ताव ल्याउन नसकेको पनि भारतले आरोप लगाएको छ । तर, ती सबै आरोपको चीनले अस्वीकार गरेको छ । 

‘भारतको अस्वभाविक र जटिल मागका कारण वार्तामा समस्या आएको हो, ’ चिनियाँ पक्षले भनेको छ । करिब दुई महिनाको अन्तरालपछि दुबै देशका कमान्डरहरू चिनियाँ भूमि मोल्डोमा वार्तामा बसेका थिए । 

सिमामा दुबै देशका सेनाले दशौं हजार सेना परिचालन गर्नुका साथै अत्याधुनिक हतियार, ट्यांक, लडाकु विमान, आर्टिलरी तैनाथ गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको