Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको अवस्थाबारे बोल्यो चीन - आन्तरिक समस्या चाडैं हल गर्छन् भन्ने आशा छ

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ०० : ४६ मा प्रकाशित

नेपालको अवस्थाबारे बोल्यो चीन - आन्तरिक समस्या चाडैं हल गर्छन् भन्ने आशा छ

नेपालका घटनाक्रमप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ।  चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न पक्षहरूले आन्तरिक समस्याहरूलाई सही ढंगले समाधान गर्ने विश्वास व्यक्त गरेकी छिन्।

विज्ञप्तिमा भनिएको छ –‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। आशा छ, नेपालका अनेक पक्षहरूले घरेलु मुद्दालाई ठिकसँगले सम्हाल्नेछन् र मुलुकमा चाँडै व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने छन्।’

जेन-जी समूहको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। अधिकांश सरकारी कार्यालयहरू ध्वस्त भएका छन् भने संसद भवनदेखि सिंहदरबारसम्म आगजनी हुँदा महत्वपूर्ण ऐतिहासिक कागजात नष्ट भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नै जेन-जी समूहलाई वार्तामा बस्न आह्वान गरेका थिए। राष्ट्रपतिपछि प्रधानसेनापति अशोक राज सिग्देलले पनि उनीहरूलाई वार्ताका लागि बोलाए पनि वार्ता टोलीको प्रतिनिधित्वमै सहमति जुट्न नसक्दा वार्ता गर्न कठिनाइ भइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको