Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ बिदा अघिकाे अन्तिम कारोबार दिन यस्ताे रह्याे सेयर बजार

नेप्से

सोमबार, २५ असोज २०७८, १४ : ५८ मा प्रकाशित

दशैँ बिदा अघिकाे अन्तिम कारोबार दिन यस्ताे रह्याे सेयर बजार

दशैँ बिदा अगाडिकाे अन्तिम काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा करेक्सन देखिएकाे छ । आइतबार घटेकाे बजारमा साेमबार पनि दाेहाेराे अंककाे गिरावट देखिएकाे हाे । सरकारले दशैँको लागि भोलि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा दिएको छ  । त्यसैले, भाेलिबाट सेयर बजार पनि बन्द रहनेछ ।  असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहने भएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ विन्दुमा पुगेकाे छ । नेप्से ०.८७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.५६ अंकले घटेर ४९४.२२ विन्दुमा झरेकाे छ ।

कूल २१९ वटा कम्पनीकाे ९३ लाख १४ हजार ७ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर अर्थात् म्युचुअल फण्ड र लगानी समूह बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १७ कराेड १३ लाख ८५ हजार ३ सय १८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

साेमबार  ग्लोबल आइएमई समुन्नत योजना १ काे ईकाई मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । याेजनाले बम्पर लाभांश घाेषणा गरेपछि यस याेजनामा लगानीकर्ताकाे आकर्षण बढेकाे हाे । यस याेजनकाे ईकाई मूल्य १० प्रतिशतले बढेर प्रतिईकाई २१ रूपैयाँ ६७ पैसा पुगेकाे छ । ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

त्यसैगरी, साेमबार महालक्ष्मी विकास बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । 

याे पनि :

कुन कम्पनीमा बेच्ने भन्दा किन्ने अधिक ? NHPC | NABIL| NICA | MEGA | CZBILको चार्टमा के देखियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको