Like us!
Follow us!
Connect us!
Watch us!

इ फार्मको खसी मेला सुरु, फोन गरेर घरैमा मगाउन सकिने

अर्थ संसार

सोमबार, २५ असोज २०७८, १७ : ०८ मा प्रकाशित

इ फार्मको खसी मेला सुरु, फोन गरेर घरैमा मगाउन सकिने

दशैँ तिहारलाई लक्षित गरि इ फार्मले खसी मेला सुरु गरेको छ। ललितपुर धापाखेलमा चलिरहेको खसीमेलामा उपभोक्ता आफैले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने बताइएको छ । साथै इ फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी छनोट गरि अर्डर गर्न सक्नेछन् ।

उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फेन गरेर खसी तथा कुखुरा अर्डर गर्न सक्नेछन्। असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ। इ फार्मको बालुवाटार स्थित स्टोरबाट समेत मासुको बिक्रि सुरु गरिएको बताइएको छ । 

उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ। ई फार्मको वेबसाईट (www.efarm.live) बाट वा ९८०१८५५५०५, ९८५२०५५९७९ मा फोन गरेर पनि अर्डर गर्न सकिन्छ।

इ फार्मले केहि साताअघि देखि नै अनलाइनबाटै प्रिबुकिङ सुरु गरेको थियो । त्यस्तै जिउँदो खसी र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ ।

धनकुटा, बैतडि, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, नुवाकोटको कुखुरा इ फार्ममा पाइनेछन् ।

करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ ।

दुई वर्ष अगाडि खसी र च्यांग्रा बिक्री गर्दै इ फार्म सुरु भएको थियो। त्यसपछि अन्य कृषि उत्पादनहरुलाई थप्दै ई फार्मको सेवा विस्तार भैरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको