Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

मंगलबार, २६ असोज २०७८, १२ : ५६ मा प्रकाशित

कामना सेवा विकास बैंकले डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसाेर्ट, बुढानीलकण्ठ, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा बैंकको असाेज ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक तथा सर्वसाधरण सेयरधनीको तर्फबाट ३-३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि पारित हुनेछन् ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 


 

616537ea1165a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको