Like us!
Follow us!
Connect us!
Watch us!

दसैं अघि ४४ कम्पनीले गरे लाभांश घोषणा, कहिलेसम्म कायम सेयरधनीहरुले पाउनेछन् लाभांश ?

अर्थ संसार

बुधबार, २७ असोज २०७८, ०८ : ३९ मा प्रकाशित

दसैं अघि ४४ कम्पनीले गरे लाभांश घोषणा, कहिलेसम्म कायम सेयरधनीहरुले पाउनेछन् लाभांश ?

गत आर्थिक बर्षको मुनाफाबाट अहिले विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् भने कतिपय कम्पनीहरुले त प्रस्तावित लाभांश साधारण सभाबाट समेत पारित गरिसकेका छन् भने कतिपयले बार्षिक साधारसभाको मिति सहित बुकक्लोजको मिति समेत सार्वजनिक गरिसकेका छन् । 

अहिलेसम्म गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट कुल ४२ वटा कम्पनीहरुले लाभांश प्रस्वाव गरेकाछन् भने २ वटा कम्पनी प्राईम लाईफ इन्स्योरेन्स कम्पनी ररिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  आ.व २०७६/७७ को लाभांश प्रस्ताव गरेको हो । कतिपय कम्पनीको साधारणसभाले लाभांश अनुमोदन गरिसकेकाछन् भने कतिपयले साधारणसभा आह्वान सकेत गरिसकेका छन् । अहिलेसम्म लाभांंश प्रस्ताव गर्ने कम्पनीहरुले गरेको प्रस्तावित लाभांश यस्तो छः

१.साधना लघुवित्त वित्तीय संस्था

कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन । 

२. सानिमा माई हाइड्रो

कम्पनीको भदौ २४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, कम्पनीले कार्तिक ११ गते वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. स्वरोजगार लघुवित्त

कम्पनीको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असोज २५ गतेदेखि एकिकृत कारोबार गरेको हुनाले बोनसमा कर लाग्दैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । 

४. युनिलिभर नेपाल

कम्पनीको समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको हो ।कम्पनीले प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश सेयरधनीहरुलाई वितरण गरिसक्ने जनाएको छ ।

५. फर्स्ट माइक्रोफाइनान्स 

कम्पनीको भदौ १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । कम्पनीले हालसम्म लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छैन भने साधारसभाको मिति समेत तय गरेको भने छैन । 

६. डिप्रोक्स लघुवित्त

डिप्रोक्स लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा आह्वान असोज २३ गते शनिबार चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् । 

७. अरुण काबेली

संचालक समितीको बैंठकले गत आर्थिक बर्षको मूनाफाबाट आफ्नम सेयरधनीहरुलाई १७ प्रतिशत बोनश सेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको भदौ २६ गते हुने बार्षिक साधारणसभाले लाभांश पारित गरिसकेको छ । 

८. रुरु जलविद्युत

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। त्यसैगरी,  कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

९. ङादी ग्रुप

कम्पनीको साउन ३१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको असोज ३ गते सम्पन्न साधारण सभाले लाभांश पारित गरिसकेको छ  ।

१०. सिनर्जी पावर

कम्पनीको साउन २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा भदौ १८ गते, शुक्रबार सम्पन्न भइसकेको छ । सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २ः१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा  क्यापिटल  लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

११. अपि पावर कम्पनी

कम्पनीको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशतनगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांशको प्रस्ताव गरेको थियो । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते, शुक्रबार देखि बुकक्लोज गरेकाले भदौ १७ गते, बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् । कम्पनीको भदौ २५ गते सम्पन्न साधारण सभाले लाभाश पारित समेत गरिसकेको छ ।

१२. नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)

कम्पनीको असोज ४ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

तर पुनः नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश लाई परिवर्तन गरेको हो अब बैंकले ८  प्रतिशतले हुन आउने १ अर्ब ६० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ सय २७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

१३. सिटिजन्स बैंक

बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गरिसकेको छ । त्यसैले असोज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

१५. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

कम्पनीको भदौ ३१ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

त्यसैगरी, कम्पनीले बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १ः०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा पनि गरेको छ ।

कम्पनीले चौबिसौँ वार्षिक साधारण सभा असोज २४ गते जुमबाट गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१६. कामना सेवा विकास बैंक

बैंकको असोज ७ गते, बिहीबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१७. सानिमा बैंक

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१८. माछापुच्छ्रे बैंक

असोज ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७७/७८) को खुद मुनाफाबाट सेयरधनीहरुलाई चूक्तापूँजीको १४ प्रतिशत (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।  

उक्त लाभांशअ न्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

१९. नेपाल ल्युब आयल

नेपाल ल्युब आयल निगमको भदौ २५ गते बसेको संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भर्च्युअल् माध्यमबाट बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरणको प्रस्ताप गरेको छ । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज हुने भएको छ ।

२०. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

कम्पनीको साउन ३० गते शनिबार बसेको बैठकले गरेको निर्णयानुसार हाल विद्यामान चुक्ता पूँजीको बोनस सेयर वापत २० प्रतिशत लाभांश घोषणा गरेको हो  ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनको लागि नगद लाभांश भने छुट्याइएको छैन  ।

उक्त प्रस्तावित राष्ट्र बैंकको स्विकृत र संस्थाको आगामी साधारणसभाबाट अनुमोदन भएपश्चात पारित गरिनेछ  ।

२१. हिमालयन बैंक लिमिटेड

हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२२. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.७६ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल १६ लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२३.स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि  ३.०६ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल १३.०६ लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२४. कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडको असोज ११ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२५. नेपाल बङ्गलादेश बैंक

नेपाल बङ्गलादेश बैंक लिमिटेडकोे असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२६. ग्लोबल आईएमई बैंक लिमिटेड

ग्लोबल आईएमई बैंक लिमिटेडको असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२७. गुराँस लघुवित्त वित्तीय संस्था

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको असाेज १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.८८९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ

२८सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२९. रिडी हाइड्राेपावर

रिडी हाइड्राेपावरको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । कम्पनीले बीसाैँ वार्षिक साधारण सभा कार्तिक १२ गते हुने भएकाे छ । 

३०. आरएसडिसी लघुवित्त 

आरएसडिसी लघुवित्तको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३१. स्वाभिमान लघुवित्त वित्तीय संस्था

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको असाेज १७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३२. आशा लघुवित्त 

आशा लघुवित्तको असोज १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३३. रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी

रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनीकाे असाेज १८ गते, साेमबार सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३४.मेराे माइक्राेफाइनान्स

मेराे माइक्राेफाइनान्सको असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३५.एनआईसी एशिया लघुवित्त

एनआईसी एशिया लघुवित्तकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३६.सबैकाे लघुवित्त

सबैकाे लघुवित्तको असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३७. सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको हिजाे (असाेज १९ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३८. ग्लोबल आइएमई लघुवित्त

ग्लोबल आइएमई लघुवित्तको असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३९. स्वावलम्बन लघुवित्त

स्वावलम्बन लघुवित्तको असाेज २१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र  ६ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४०. शिवम् सिमेन्ट

शिवम् सिमेन्टले २९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । सभामा कम्पनीकाे सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाइ चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ६० लाख रूपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४१. महिला लघुवित्त

महिला लघुवित्तको असाेज २२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४२. रैराङ हाइड्रोपावर

रैराङ हाइड्रोपावर कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ ।

कम्पनीले अठारौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, कार्तिक ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई दाखिल खारेजका लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन्।

४३. नेरूडे लघुवित्त

नेरूडे लघुवित्तकाे असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.१३०९ प्रतिशत नगद गरी कुल २२.६१८५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४४. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड 

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.३६८ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको