Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?

अर्थ संसार

आइतबार, ३१ असोज २०७८, ०६ : १० मा प्रकाशित

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?

नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगत तथा संस्थागततर्फ ३ महिना भन्दा माथिको अवधिका लागि ८.०५ प्रतिशत तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम ०.६० प्रतिशतदेखि अधिकतम ५.०२ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ५.७३ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः
 

616b6db87c892.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको