Like us!
Follow us!
Connect us!
Watch us!

सप्तरी सुरक्षागार्ड हत्या आरोपमा एकजना पक्राउ

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १२ : २६ मा प्रकाशित

सप्तरी सुरक्षागार्ड हत्या आरोपमा एकजना पक्राउ

नेपाल बैंक लिमिटेडको सप्तरी शाखाका सुरक्षागार्ड हत्या आरोपमा एकजना पक्राउ परेका छन् । हत्या आरोपमा चन्द्र सुवेदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ परेका छन् ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट विशेष टोलीले गएराति पक्राउ गरेको हो ।

बिहीबार बिहान ३ बजेर १८ मिनेटमा सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो ।

गार्डको हत्यापछि बैंक लुटपाटको प्रयास भएको थियो ।  तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको थियो ।मृतक सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको