नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा चैत ६ गते बस्दैछ । सभा नेपाल एपीएफ क्लब, हलचोक, काठमाडौंमा बिहान साढे १० बजे बस्ने तय भएको छ ।
सभामा यसपटक लाभांशसम्बन्धी प्रस्ताव लगिएको छैन ।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
त्यस्तै बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
साधारणसभा प्रयोजनार्थ बैंकले यही फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस