Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकका सुरक्षा गार्डको हत्या

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १४ : ४२ मा प्रकाशित

नेपाल बैंकका सुरक्षा गार्डको हत्या

सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या भएको अवस्थामा बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको हो।

सप्तरी प्रहरीका अनुसार नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयाँलको बुधबार राति खुकुरी प्रहार गरी हत्या भएको पाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

उनी राति ड्युटीका लागि कार्यालयमा बसेका थिए। बिहान हत्या भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो। कसले हत्या गरेको भन्ने खुलेको छैन। प्रहरीले अहिले घटनास्थलमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको