Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकका अधिकांश सूचकमा गिरावट, नाफा १ अर्ब ६५ करोड

अर्थ संसार

सोमबार, २१ साउन २०८१, ११ : ३१ मा प्रकाशित

नेपाल बैंकका अधिकांश सूचकमा गिरावट, नाफा १ अर्ब ६५ करोड

नेपाल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार गत वर्ष बैंकका अधिकांश सूचक घटेका छन् ।

खुद नाफा 
नेपाल बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकको नाफामा ५१.८० प्रतिशतको गिरावट देखिएको हो ।

खुद ब्याज आम्दानी
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८० करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ४० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

जगेडा कोष
बैंकको जगेडा कोषमा गत वर्ष २२ अर्ब ३८ करोड रुपैयाँ सञ्चित रहेको छ । 

निक्षेप संकलन /कर्जा लगानी
गत वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले अघिल्लो आवमा कुल २ खर्ब ४४ अर्ब ५१ करोड र १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेकाके थियो । अघिल्लो आवको तुलनामा बैंकको निक्षेप र कर्जा लगानी घटेको छ ।

वितरणयोग्य नाफा
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९३ लाख रुपैयाँ रहेको छ । 

खराब कर्जा
गत वर्ष बैंकको खराब कर्जा ३.२८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा २.८५ प्रतिशत खराब कर्जा थियो ।

प्रतिसेयर आम्दानी
समीक्षा अवधिमा  बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११.२८ रुपैयाँ कायम भएको छ 

प्रतिसेयर नेटवर्थ
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २५७.५७ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको