Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ बिदा पछिकाे पहिलाे कारोबार दिन : सेयर बजारमा हरियाली

नेप्से

आइतबार, ३१ असोज २०७८, १४ : ५७ मा प्रकाशित

दशैँ बिदा पछिकाे पहिलाे कारोबार दिन : सेयर बजारमा हरियाली

दशैँ बिदा पछिकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा हरियाली देखिएकाे छ । आइतबार सेयर बजार दाेहाेराे अंकले बढेकाे हाे । सरकारले दशैँको लागि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा दिएको हुनाले असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहकाे थियाे । यसअघि दशैँ बिदा अघिकाे अन्तिम काराेबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ विन्दुमा राेकिएकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५९ अंकले बढेर २६५६.९७ विन्दुमा पुगेकाे छ । नेप्से ०.६७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले बढेर ४९७.३९ विन्दुमा झरेकाे छ ।

कूल २१८ वटा कम्पनीकाे ४७ लाख ६० हजार २ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी १२ वटा उपसमूहकाे सेयर बढेकाे छ ।

आइतबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ८ कराेड ३२ लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

आइतबार चन्द्रागिरी हिल्स लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.९७ प्रतिशतले बढेर एक हजार ३ सय ५० रूपैयाँ पुगेकाे छ । 

त्यसैगरी, आइतबार सिटिजन्स म्युचुअल फण्ड २ काे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । 

याे पनि :

दशैं बोनसले बचत गर्ने कि सेयर किन्ने ? सेयरबजारमा कसरी कमाउने यस्तो छ बिमल तिवारीको फण्डा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको