Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सि एसिया बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, मुद्दतिमा ११.१० प्रतिशतसम्म ब्याज दिने

अर्थ संसार

सोमबार, ०१ कार्तिक २०७८, ०६ : ४५ मा प्रकाशित

एन आई सि एसिया बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, मुद्दतिमा ११.१० प्रतिशतसम्म ब्याज दिने

एन आई सि एसिया बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तमा बैंकको ब्याजको आधारदर ६.८९ प्रतिशत कायम गरेको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

616cc7bd9ae46.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको