Like us!
Follow us!
Connect us!
Watch us!

७७.३३ अंकले घट्यो नेप्से परिसूचक, किन निरन्तर ओरालो लाग्दैछ सेयर बजार ?

नेप्से

मंगलबार, ०२ कार्तिक २०७८, १५ : ०४ मा प्रकाशित

७७.३३ अंकले घट्यो नेप्से परिसूचक, किन निरन्तर ओरालो लाग्दैछ सेयर बजार ?

आज (मंगलबार) पनि सेयर बजारमा भारी गिरावट देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणपश्चात् बजार निरन्तर जसाे घटिरहेकाे  थियाे । १२ करोडको सीमा प्रकरणले गर्दा ठूला लगानीकर्ताहरू प्यानिक भएर ऋणमुक्त हुन आफूले होल्ड गरेर राखेका मजबुत कम्पनीहरूको सेयर पनि बेचिरहेका छन् । बजार पुँजीकरण धेरै भएका यस्ता मजबुत कम्पनीहरू बेच्दा बजार एक्कासी तल झरेको विश्लेषकहरूकाे तर्क छ । सेयर बजारमा यसकाे प्रभाव नसकिँदै फेरि बैंकहरूले निक्षेपकाे ब्याजदर बढाएका छन् । बैंकहरुले हिजाे कार्तिक १ गते, साेमबारदेखि लागू हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका उल्लेख गरिएकाे छ । त्यसकाे प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा झरेकाे छ । नेप्से २.९९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १३.२८ अंकले घटेर ४७१.९१ विन्दुमा झरेको छ । 

कूल २२१ वटा कम्पनीकाे ९५ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६ सय ६६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, मंगलबार पनि काराेबार रकममा नबिल बैंक लिमिटेडले नै अग्रता कायम गरेकाे छ । बैंककाे ११ कराेड १२ लाख ९५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

मंगलबार महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सर्वाधिक बढ्दा नेपाल हाइड्राे डेभलपर्सकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

याे पनि :

दशैं बोनसले बचत गर्ने कि सेयर किन्ने ? सेयरबजारमा कसरी कमाउने यस्तो छ बिमल तिवारीको फण्डा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको