नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे लाभांश परिमार्जन भएकाे छ । नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंकले लाभांश परिमार्जन गरेकाे हाे ।
यसअघि गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.७६ प्रतिशत नगद गरी कुल १६ लाभांश वितरण गर्ने घाेषणा गरिएकाेमा अब बैंकले १२.६१११ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ३.३८९ प्रतिशत नगद वितरण गर्नेछ ।
बैंकले नगद घटाएर बाेनस बढाएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस