Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंककाे निर्देशनकाे सकारात्मक प्रभाव : सेयर बजारमा हरियाली

नेप्से

बुधबार, ०३ कार्तिक २०७८, १४ : ५५ मा प्रकाशित

राष्ट्र बैंककाे निर्देशनकाे सकारात्मक प्रभाव : सेयर बजारमा हरियाली

आज (बुधबार) सेयर बजारमा हरियाली देखिएकाे छ । नेप्से परिसूचक अर्धसतक भन्दा धेरैले बढ्दा काराेबार हुने १३ वटै उपसमूह उकालाे लागेका छन् ।

नेपाल राष्ट्र बैंककाे निर्देशनकाे सेयर बजारमा सकारात्मक प्रभाव देखिएकाे हाे । पछिल्लाे समय बैंकहरूले प्रकाशन गरेकाे बढ्दाे ब्याजदरकाे विषयमा बाेल्दै हिजाे (मंगलबार) नेपाल राष्ट्र बैंकले कडा निर्देशन जारी गरेकाे थियाे । बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेकाे हाे । 

बैंककाे निर्देशन अनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्। यस्तै, संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनुपर्नेछ । त्यस्तै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले उपचुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भईसकेको ब्याजदरमा समेत संशोधन गरी मिति २०७८/०७/०३ भित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्नु पर्नेछ । यस्तो ब्याजदर मिति २०७८/०७/०५ भित्र दैनिक पत्रिकामा समेत प्रकाशन गर्नुपर्नेछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६०.५६ अंकले बढेर २५७१.६६ विन्दुमा पुगेकाे छ । नेप्से २.४१ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १२.०९ अंकले बढेर ४९४.०५ विन्दुमा झरेकाे छ ।

कूल २१७ वटा कम्पनीकाे ६१ लाख एक हजार ४ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार एक सय ५५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर बढेकाे छ ।

बुधबार पनि नबिल बैंक लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ९ कराेड ४८ लाख ५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९९ रूपैयाँ २० पैसा पुगेको छ । युनिभर्सल पावर कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय २७ रूपैयाँ ८० पैसा पुगेकाे छ । मैलुङ खाेला जलविद्युतकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय २२ रूपैयाँ ४० पैसा पुगेकाे छ । यसका साथै, सिइडिबी हाइड्राेपावरकाे सेयरमूल्य ९.९९ प्रतिशत र नेशनल हाइड्राेपावरकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेकाे छ ।

त्यसैगरी, बुधबार एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । 

याे पनि :

दशैं बोनसले बचत गर्ने कि सेयर किन्ने ? सेयरबजारमा कसरी कमाउने यस्तो छ बिमल तिवारीको फण्डा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको