Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित, वित्तिय अवस्था कस्तो?

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, ०६ : ५४ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित, वित्तिय अवस्था कस्तो?

फर्स्ट माइक्रोफाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा सामान्य गिरावट भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.२३ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले  २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ०.२३ प्रतिशतले घटेर ४ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ७१ लाख रूपैयाँ रहेकाे थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ९.१७ प्रतिशतले घटेर ४ करोड ७९ लाख रपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको अन्य सञ्चालन आम्दानी भने २८० प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा २० करोड ३६ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ७३.०६ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

6170bff114e20.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको