Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्स: खस्कियो रिपोर्ट तर पनि ईपीएस १७.१६ रुपैयाँ, जगेडा कोष बलियो

अर्थ संसार

सोमबार, १५ साउन २०८०, ०८ : ०५ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्स: खस्कियो रिपोर्ट तर पनि ईपीएस १७.१६ रुपैयाँ, जगेडा कोष बलियो

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कस्तो छ त वित्तिय अवस्था?

खुद नाफा 
गत आर्थिक वर्षको असार मसान्तसम्ममा यस लघुवित्तले १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सोहि समयमा गएको आर्थिक वर्षमालघुवित्तले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कसरी घट्यो नाफा ?

फर्स्ट माइक्रोफाइनान्स घट्नुको कारण भने कम्पनीको आम्दानी घट्नु नै वित्तीय विवरणमा प्रष्ट देख्न सकिन्छ। लघुवित्तको खुद फि तथा कमिशन आम्दानी घटेको रिपोर्टले देखाउछ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी बढेको भएपनि फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशत घटेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी र  सञ्चालन मुनाफा पनि घटेको छ। 

एनपीएल
अघिल्लो वर्ष शून्य प्रतिशत रहेको एनपीएल समीक्षा अवधि सम्म बढेर ०.६६ प्रतिशत पुगेको छ।

वितरणयोग्य मुनाफा 
१७ करोड ७१ लाख रुपैयाँ 

प्रति सेयर वितरण योग्य मुनाफा 
१५ रुपैयाँ ४४ पैसा रहेको छ

प्रतिसेयर आम्दानी (ईपीएस) ​ 
१७ रुपैयाँ १६ पैसा

 मूल्य आम्दानी अनुपात 
४१.९१ गुणा 

प्रतिशेयर नेटवर्थ
१३७ रुपैयाँ ८६ पैसा

चुक्ता पूँजी
१ अर्ब १४ करोड ७७ लाख रुपैयाँ 

जगेडा कोष
४३ करोड ४६ लाख

लघुवित्तको प्रदर्शनमा गिरावट देखिए पनि समग्र लघुवित्त क्षेत्रका कम्पनीको तुलनामा फर्स्ट माइक्रोफाइनान्स अब्बल नै देखिन्छ। जगेडा कोषको रकमले पनि सेयरधनीलाई राहत मिल्ने नै छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको