Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको लाभांश सेयरधनीको खातामा पठाउन सुरु, नआए के गर्ने ?

अर्थ संसार

आइतबार, १५ माघ २०७९, ०७ : २२ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको लाभांश सेयरधनीको खातामा पठाउन सुरु, नआए के गर्ने ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुको बैंक खातामा नगद लाभांश जम्मा वितरण गर्न सुरु गरेको छ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको नगद लाभांश इकाईधनीहरुको खातामा जम्मा गर्न सुरु गरिएको जनाएको छ । 

लघुवित्तको पौष ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनश र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

संस्थाको ५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गर्न सुरु गरिएको र २५ प्रतिशत बोनश भने नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरिने जनाएको छ । उक्त लाभांशलाई पुस ३० गते सम्पन्न फाइनान्सको साधारणसभाले पारित गरिसकेको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको