Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्दा ईपिएसमा सुधार

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, ०६ : ३५ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्दा ईपिएसमा सुधार

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा बृद्धि आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३८.५३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि २१.६३ प्रतिशतले बढेर २६ करोड ३८ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २१ करोड ६९ लाख १३ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख ६७ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ र जगेडा कोषमा ३८ करोड १८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ १८ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ त्यसैगरी संस्थाको मूल्य आम्दानी अनुपात (पिइ रेसियों) २६.९३ गुणा रहेको छ ।

संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

63c7430b55dc6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको