Like us!
Follow us!
Connect us!
Watch us!

६१ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, ०७ : ३३ मा प्रकाशित

६१ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६१.७९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड ९४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ६१.७९ प्रतिशतले बढेर ९ करोड ११ लाख २ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५ करोड ६३ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ९८ प्रतिशतले बढेर १२ करोड १ लाख रपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा २२ करोड २६ लाख रुपैयाँ रहेको छ ।  समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २२.८४ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको