Like us!
Follow us!
Connect us!
Watch us!

ईङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, ११ : ४९ मा प्रकाशित

ईङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ ) निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाटकाे जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको