Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा सानिमा बैंक अब्बल

नेप्से

विहीबार, ०४ कार्तिक २०७८, १४ : ५९ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा सानिमा बैंक अब्बल

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । दाेहाेराे अंकले घटेकाे बजारमा २ वटा उपसमूह बढ्दा बाँकी ११ वटा उपसमूह ओरालाे लागेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेकाे छ । नेप्से ०.५७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा झरेको छ । 

कूल २१६ वटा कम्पनीकाे ६१ लाख ६ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४ सय ६० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य र सामूहिक लगानी काेषबाहेक बाँकी ११ वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार काराेबार रकममा सानिमा बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । बैंककाे २७ कराेड १२ लाख ९७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

बिहीबार मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ९५ रूपैयाँ १० पैसा पुगेकाे छ । 

यस दिन जाेशी हाइड्राेपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीकाे सेयरमूल्य ५.८७ प्रतिशतले घटेर २ सय ८२ रूपैयाँमा झरेकाे हाे ।

याे पनि :

दशैं बोनसले बचत गर्ने कि सेयर किन्ने ? सेयरबजारमा कसरी कमाउने यस्तो छ बिमल तिवारीको फण्डा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको