Like us!
Follow us!
Connect us!
Watch us!

२५ प्रतिशत लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

शुक्रबार, ०५ कार्तिक २०७८, १३ : १४ मा प्रकाशित

२५ प्रतिशत लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले १२ देखि २७ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार ११ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभामा बोनस सेयर प्रस्ताव पारित हुनेछ । अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकहरूको निर्वाचन गर्नेलगायतका एजेन्डा छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको