स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आगामी वैशाख २९ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आकर्षक लाभांश वितरणको प्रस्तावसहित विभिन्न महत्वपूर्ण प्रस्तावहरू सभामा पेश गर्न लागेको हो।
संस्थाले चालु आर्थिक वर्षको मुनाफाबाट १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछिमात्र कार्यान्वयनमा आउनेछ।
लाभांश र सभामा सहभागिता सुनिश्चित गर्न कम्पनीले वैशाख ११ गतेलाई बुक क्लोज मिति निर्धारण गरेको छ। त्यस अनुसार वैशाख १० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
साधारणसभामा निम्न प्रस्तावहरू छलफलका लागि पेश हुनेछन्:
आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल र पारित गर्ने।
लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको वित्तीय विवरणहरूमाथि छलफल गर्ने।
आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने।
बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव अनुमोदन गर्ने।
साधारणसभामा प्रस्तुत हुने विशेष प्रस्तावहरूमार्फत कम्पनीले आफ्ना रणनीतिक निर्णयहरूमा अगाडि बढ्ने संकेत दिएको छ:
१३.५०% बोनस शेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने।
बोनसपछि प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने।
अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव।
अन्य लघुवित्त संस्थासँग सम्भावित गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रिया सुरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने।
नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी दिने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस