Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत सेयरधनीको कारोबार रोक्का

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, ११ : १२ मा प्रकाशित

स्वरोजगार र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता, आधारभूत सेयरधनीको कारोबार रोक्का

स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच हिजाे (पाैष १८ गते, साेमबार) मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने गाभिने (मर्जर) उद्देश्य राखी प्रारम्भिक समझदारीपत्र (MOU) मा हिजाे हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको हाे ।

याे सँगै धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ३ र ७ मा भएको व्यवस्था बमोजिम दुवै संस्थाको आधारभूत शेयरधनीहरुको सेयर कारोबार रोक्का राखिएकाे छ ।

सूचना हेर्नुहाेस् :

 

63b3bf3026c51.jpg 63b3bf366ed34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको