Like us!
Follow us!
Connect us!
Watch us!

आरटिजीएस प्रणाली शनिबार पनि चल्ने

अर्थ संसार

शुक्रबार, ०५ कार्तिक २०७८, १६ : ३२ मा प्रकाशित

आरटिजीएस प्रणाली शनिबार पनि चल्ने

आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली शनिबार (भोलि) पनि चल्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै आरटीजीएस प्रणाली शनिबार पनि चालु हुने जानकारी दिएको हो । 

राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहने छ । विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली चालु गरिएको हो । 

आरटिजीएस प्रणाली ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू विकास बैंक र वित्त कम्पनीका ग्राहक वा अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटिजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थासँग सम्पर्क गरि उपलब्ध फारम भर्नु पर्छ । 

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्ट आरटिजीएस प्रणाली प्रदान गरेको हो । जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको