आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली भाेलि (वैशाख २४ गते, शनिबार) पनि सुचारू हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारू हुने जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । विकास ऋणपत्र २०८२ 'ख' को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली सूचारू गरिने भएकाे राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस