Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्समा आरटीजीएस सुविधा

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १६ : १० मा प्रकाशित

समृद्धि फाइनान्समा आरटीजीएस सुविधा

समृद्धि फाइनान्सले हिजाे जेठ ४ गते बुधबारदेखि आरटीजीएस प्रणालीमा Direct Participant को रुपमा आवद्ध भइ कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंक बाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा RTGS सेवा सञ्चालनमा आएको यस संस्थाका व्यवसाय प्रवद्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५% र बचत निक्षेपमा अधिकतम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ । 

Real Time Gross Settlement (RTGS) प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।

 

                                                            


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको