Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ : माेदी

अर्थ संसार

शनिबार, ०६ कार्तिक २०७८, १० : ३५ मा प्रकाशित

कोरोना महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ : माेदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।

भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा मोदीले महामारीविरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन् । उनले भनेका छन्, कामना छ हाम्रो चिरस्थायी सभ्यतागत सम्बन्ध बलियो हुँदै जानेछ ।'

प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी माेदीलाई बधाई दिँदै खाेप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको