Like us!
Follow us!
Connect us!
Watch us!

कोभिडको जोखिम बढेको भन्दै सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

अर्थ संसार

बुधबार, १८ पुस २०८०, १३ : ४३ मा प्रकाशित

कोभिडको जोखिम बढेको भन्दै सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

कोभिडको नयाँ सब भेरियन्टको जोखिम बढेको भन्दै सतर्क रहन स्वास्थ्य मन्त्रालयको अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हाल विश्वका केहि देशहरुमा कोभिड -१९ संक्रमणको नयाँ सब भेरियन्ट जे एन. १ को जोखिम बढीरहेको र छिमेकी देशहरुमा पनि संक्रमण फैलिरहेकाले उल्लेख गर्दै मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको हो । पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ भेरियन्ट जे एन. १ जिन सिक्वेन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि नभएको पनि मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ को नयाँ सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड १९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ । 

हालसम्म पुष्टि नभए पनि संक्रमण फैलिने जोखिम व्याप्त रहेको हुँदा भिडभाड हुने स्थानहरु जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्न र हातको सरसफाईमा विशेषतः ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको