Like us!
Follow us!
Connect us!
Watch us!

चीन जिराे काेभिड नीतिकाे अन्त्यकाे अन्तिम चरणमा !

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १४ : ५८ मा प्रकाशित

चीन जिराे काेभिड नीतिकाे अन्त्यकाे अन्तिम चरणमा !

२०१९ डिसेम्बर मा चिन को उहान सहरबाट सयौ व्यक्तिहरु न्युमोनियाको उपचार भइरहेको कुरा सार्बजनिक भएको, निकायहरुले उक्त फैलिरहेको रोग कुनै भइरस नभएको र व्यक्ति व्यक्ति बीच नफैलिरहेको दाबी गरे। जनवरी ११, २०२० मा चीनको उहान सहरको ६१ वर्षीय व्यक्तिको कोभिड कारण  पहिलो निधन भयो त्यसपश्चात जनवरी २३,२०२० बाट चीनले कडा लकडाउनको नीति अबलम्बन गर्यो, जून अहिले अन्तिम चरणमा आएको छ ।

चीनले कोभिड सङ्क्रमणलाई शुन्यमा ल्याउन जिरो कोभिड पोलिसी अबलम्बन गर्यो। चीन विगत ३ वर्ष देखि विश्व भन्दा छुट्टै बसिरहेको थियो। चीनले अबलम्बन गरेको सुन्य कोभिड नीति अन्त्यतर्फ आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

समाचार संस्था Bloomberg ले “ लामो समय देखि प्रतीक्षा गरिएको चीनको सिमाना पुन सूचारु हुने भएको छ। यो चीनको जिरो कोभिड पोलिसीको अन्त्यको अन्तिम चरण हो। यो सँगै बाहिर रहेका धेरै चिनियाँ नागरिक चीन फर्किने छन, यद्यपि पूर्ण पुनरुत्थान हुन केही समय लाग्ने छ” समाचारमा उल्लेख गरेको छ। Bloomberg का अनुसार चिनको कोभिड सुन्य नीति हटाउने अन्तिम चरण आईतबारबाट सुरु हुनेछ। 

चीनले नयाँ नीति ल्याए सँगै अब आगमनलाई क्वारेन्टाइनको आवश्यकता नपर्ने र उडान भाडा दर कम गर्न लागेको समाचारमा उल्लेख गरियेको छ। चीनमा प्रवेशका लागि भने ४८ घण्टा अवधिको कोभिडको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनु पर्ने छ। धेरै देशहरुले भने चीनमा कोभिड संक्रमण बढिरहेको हुँदा परीक्षणका आवश्यकताहरू लागू गरेका छन्। 

जनवरी २१ बाट चीनको नयाँ वर्ष सुरुवात हुनेछ र यो नयाँ वर्ष चीनको लागि २०२० पछिको आन्तरिक यात्रा प्रतिबन्ध बिनाको पहिलो वर्ष हुनेछ। हिजो चीनले चुन युनको पहिलो दिन मनाएको थियो। ४० दिन सम्म चल्ने लुनार नयाँ वर्ष २०१९ अघि सबैभन्दा ठुलो बसाइसराईको रूपमा लिने गरिन्थ्यो। 

पछिल्लो एक महिना यता चीनले जिरो कोभिड नीतिलाई हटाउँदै गइरहेको छ। आधा दशक यताकै कम आर्थिक वृद्धिदर हासिल गरेको चिन १७ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्रको राष्ट्र पुनः सञ्चालनमा आउने लगानिकर्ताले विश्वास लिएका छन् । अप्रत्यासित रूपमा आएको महामारीको कारण धेरैलाई चपेटामा परेको छ। चिनमा बढ्ने भनिएको बसाई सराईको प्रक्षपणले थप कोभिड संक्रमण बढ्ने आकलन गरिएको छ। चीनले स्वाथ्य सेवालाई थप सबलीकरण मा जोड गरेको सञ्चार मध्यमले उल्लेख गरेका छन्। 

केही विश्लेषकहरूले अहिले चीनको संक्रमण उच्च बिन्दुमा पुगिसकेको हुन सक्ने बताएका छन्। बेइजिङस्थित Gavekal Dragonomics का विश्लेषक Ernan Cui ले विभिन्न अनलाइन गरिएका सर्वेक्षणलाई उद्धृत गर्दै ग्रामीण क्षेत्रमा सोचे भन्दा धेरै संक्रमण फैलिएको र अधिकांश क्षेत्रमा संक्रमणको शिखरमा पुगेको र ग्रामीण र सहर क्षेत्रमा भिन्नता नभएको उल्लेख गरेका छन्। 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले शनिबार चीनको ग्रामीण क्षेत्र फराकिलो भएको र जनसंख्या ठूलो भएको हुँदा प्रतिव्यक्ति चिकित्सा स्रोत अपर्याप्त रहेको बताएका थिए। 

चीनमा बढ्दो रहेको कोभिड सङ्क्रमणको अस्पताल भर्नाहुने र मृत्यु हुनेको तथ्याङ्क कम देखाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यद्यपि चिनियाँ सरकार र सरकारी मिडियाले यसको प्रतिकार गरेका छन्। चीनले गत महिना सार्वजनिक गरेको रिपोर्टको अनुसार देशका समग्र खोप लगाउने दर ९०% बढी रहेको छ । 

 

चिनको कोभिड सङ्क्रमण दर 

९० दिन यताको सङ्क्रमण दर। 

*विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको रिपोर्ट बाट


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको